• 011-661035
  • info@panas.coop.np

News

पानस बचत तथा ऋण सहकारी संस्था लिको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

2025-10-18

पानस बचत ततथा ऋण सहकारी संस्था लिको सत्रौं वार्षिक साधारण सभा मिति २०८२ साल असोज २६ गतेदेखि ३१ गतेसम्म संस्थाको कार्यालयमा नै शेयर सदस्यहरुका लागि उपस्थििती पुस्तिका राखेर गरिएको थियो ।
साधारण सभाको पहिलो दिन औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाका जेष्ठ नागरिक सदस्यद्धय भुवन सेवाचार्य र हरिसुन्दर वैद्यज्यूबाट पानसमा दीप प्रज्जवलन गरि समुद्घाटन गरियो । उक्त अवलसरमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारी एवं विभिन्न समिति उपसमितिका संयोजक एवं सदस्यज्यूहरु तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो । सोही अवसरमा उत्कृष्ट जेष्ठ नागरिक सदस्य भुवन सेवाचार्य र हरिसुन्दर वैद्यज्यूलाई सम्मान तथा उपहार प्रदान गरिएको थियो ।

पानस बचतको मिति २०८२ साल भाद्र ६ गतेको संचालक समितिको बैठकबाट साधारण सभाको मिति २०८२ असोज ४ गतेको लागि तय भएकोमा देशमा जेन्जी आन्दोलनका कारण विकसीत अवस्थाले गर्दा साधारण सभाका कार्यक्रमहरु गर्न नसकिने अवस्था रहेकोले संचालक समितिको मिति २०८२ भाद्र २५ गतेको निर्णय अनुसार साधारण सभा स्थगनको निर्णय गरि पुन संचालक समितिको असोज १० गतेको बैठकले २०८२ साल असोज २६ गतेदेखि ३१ गतेसम्म संस्थाको कार्यालयमा नै शेयर सदस्यहरुका लागि उपस्थिती पुस्तिका राखेर गर्ने निर्णय अनुसार साधारण सभाका कार्यक्रमहरु गरेका थियौं । उक्त अवधिभित्र नै संस्थाले उत्कृष्ट बचत कर्ता महिला र पुरुष, असल ऋणी र उत्कृष्ट १५ जना बाल बचत कर्ताहरुका लागि सम्मान र विभिन्न उपहारहरु प्रदान गरका थियौं । 

संस्थाको मिति २०८२ साल भाद्र ६ गतेको संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि नयाँ संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन गर्नका लागि जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष श्री अमन पोते श्रेष्ठज्यूको संयोजकत्वमा कानूनी सल्लाहकार ओम काजी प्रजापति र शेयर सदस्य राकेश मानन्धर रहेको एक निर्वाचन उप समिति गठन गरि उक्त समितिले विभिन्न मितिमा बैठकहरु बसेर मिति २०८२ साल असोज २७ गते शुक्रवार निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरि मिति २०८२ साल कार्तिक १ गते शनिवार गौतम भिलेज रिसोर्ट सिनागालमा एक कार्यक्रमको आयोजन गरि तपसील बमोजिमका नव निर्वाचित संचालक समिति र लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत श्री अमन पोतेज्यूले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
निर्विरोध निर्वाचित संचालक समितिको नामावली ः

क्र.सं.    उम्मेदवारको नाम, थर            पद
१    श्री विजेन्द्र पोते                संचालक अध्यक्ष
२    श्री पुष्कर रंजितकार        संचालक उपाध्यक्ष
३    श्री सुमन वैद्य                संचालक सचिव
४    श्री श्याम सेवाचार्य        संचालक कोषाध्यक्ष
५    श्री राजु पहि श्रेष्ठ                संचालक सदस्य
६    श्री राम पोते                संचालक सदस्य
७    हरिगोपाल वैद्य                संचालक सदस्य

लेखा तथा सुपरिवेक्षण समितिको नामावली ः

क्र.सं.    उम्मेदवारको नाम, थर        पद
१    रामेश्वर महाजु              संयोजक
२    अमृत सेवाचार्य              सदस्य
३    गीता पोते                     सदस्य